बिहिबार, बैशाख १३, २०८१

कर तिर्न सरकारले जारीगरेको उर्दीको अवज्ञा गर्न कांग्रेसको आह्वान

काठमाडौ जेठ २१, नेपाल सरकारले कर तिर्न राजश्व विभाग मार्फत जारी गरेको उर्दी नमान्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सबै नागरिकलाई अपिल गरेको छ । निर्देशन अवज्ञा गर्न कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक संजाल ट्विटमार्फत साबि नागरिकलाई आह्वान गरेको होे

गत चैत ११ गतेदेखि देशभर कोभिड संक्रमणको जोखिमका कारण जारी लकडाउन संगै सवैबजार व्यवसाय बन्द रहेको अवस्थाकावीच विभागले मंगलबार सूचना प्रकाशन गरी सबै खालका कर यही जेठ २५ गतेभित्र तिर्न सम्बन्धित सबैलाई निर्देशन दिएपछि प्रतिपक्षीदल नेपाली काँग्रेसको तर्फबाट प्रवक्ता शर्माले यस्तो आव्हान गरेको हो ।

सरकारको प्रस्तुत निर्देशन जनघाती रहेको र यसको अवज्ञा गर्नुको विकल्प नभएको आशय सहित कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटमा लेखेका छन्, ‘सांसद विकास कोष खारेज गर्न साहस नराख्ने, अनि ठप्प व्यवसायलाई कर ताकेता १ जेठ २५ भित्र कर तिर्न नसक्ने भद्र अवज्ञाको अर्को विकल्प छैन।’ उनले अगाडि लेखेका छन्, ‘गलैंचा, जिमखाना र यो ताकेता१ सोध्न चाहन्छु९ कसैको व्यक्तिगत सनकमा देश चल्दैछ कि यही हो! कम्युनिस्ट समाजवादको आधारशिला भन्ने प्रश्न समेत गरेका छन ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।