शुक्रबार, बैशाख ७, २०८१

कक्षा १० को एसइई परीक्षा नगर्ने,आन्तरिक मूल्यांकनकै आधारमा ग्रेडसिट

काठमाडौं जेठ २८, आज राती अवेर सम्म बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड संक्रमणको जोखिमका कारण स्थगन गरिएको माध्यमिक शिक्षा परीक्षा कक्षा १० ृएसइईे परीक्षा विद्यालयद्वारा गरिएको आन्तरिक मूल्याङ्नलाई आधारमा  सम्पन्न गर्दै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने गरी निर्णय गरेको छ ।

यसअघि २०७६ चैत्र ६ गतेदेखि सञ्चालन हुने गरी कार्यतालिका प्रकाशन गरी सबै तयारी पूरा भइसकेको भएता पनि कोभिड संक्रमणको अवस्थालाई दृष्टिगत गरी कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गत चैत ५ गतेको निर्णयानुसार स्थागित भएको थियो ।

पछिल्लो समय मलुकमा कोभिड जोखिम थप उच्च् रहेको र देशभरका शिक्षण संस्थाहरू बन्द रहेका, कतिपय विद्यालयमा क्वारेन्टिन सञ्चालन गरिएको र रोगको संक्रमणको जोखिमका बीच विद्यालयमा परीक्षा केन्द्र कायम गरी विगतमा झैँ परीक्षा सञ्चालन गर्न सकिने अवस्था निकट भविष्यमा नरहेको जनाउ सहित   मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको हो ।  त्यस्तै बैठकले पहिलो चरणमा ५०, दोस्रो चरणमा ७५ प्रतिशत कर्मचारीसहित सरकारी कार्यालय खोल्ने र तेस्रोमा गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्था खोल्ने तयारी गरिएको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु