बिहिबार, चैत्र १५, २०८०

उपत्यकामा १४ सहित ३ सय १६ जना नयाँ संक्रमित थपिए

काठमााडौं असार १६ , नेपालमा कोभिड संक्रमितको सख्या १३ हजार ५ सय ६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७१ महिला र २ सय ४५ पुरुष गरी ३ सय १६ जना संक्रमित थपिएसंगै संक्रमितको सख्या १३ हजार ५ सय ६४ पुगेको हो ।

त्यस्तै पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ११ जनाको कोरोना परीक्षण भएसंगै पीसीआर विधिबाट २ लाख २८ हजार ३ सय ४१ जनाको परीक्षण भएको मन्त्रालयले जनाक्एो छ । साथै  देशभरीका क्वारेन्टिनमा ५३ हजार ७० जना रहेका छन् भने देशका विभिन्न अस्पतालमा १० हजार ३ सय ४१ जना आइसोलेसनमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

साथै आजसम्म कोभिड संक्रमण मुक्त भएर डिस्चार्ज हुनेको संख्या २ सय ७७ महिला र २ हजार ९ सय १७ पुरुष गरी ३ हजार १ सय ९४ जना पुगेको जनाएको छ।

यसैवीच उपत्यकामा आजमात्रै १४ संक्रमितको पहिचान भएको छ । मन्त्रालयका प्रवक्ता डा।गौतमका अनुसार पछिल्लोे २४ घण्टामा काठमाडौं उपत्यकामा १४ जना कोरोना संक्रमित थपिएको पुष्टि गरेका हुन् ।

प्रवकता डा गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका दुई पुरुष र भक्तपुरका एक महिला, पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका एक महिला, ललितपुरका एक पुरुष र त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ४ महिला र ५ पुरुष रहेको बताउनुभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।