शनिबार, बैशाख ८, २०८१

उपत्यकाका छ जना सहित नयाँ ६७१ जनामा कोभिड संक्रमितको पहिचान

काठमाडौं असार ४ , नेपालमा आज एकपटक थप ६७१ जना नयाँ कोभिड संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६७१ जनामा कोभड संक्रमण पुष्टि भएको जानकारी दिएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७८४८ पुगेको मन्त्रालयले बताएको छ ।
यसैवीच मन्त्रालयले काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । भक्तपुरमा ३ जना, काठमाडौंमा २ जना र ललितपुरमा १ जना गरि ६ जनामा कोभिड संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै संक्रमणको उपचारपछि डिस्चार्ज हुनेको सख्या ११ सय ८६ पुगेको छ भने संक्रमणकै कारण भृत्यु वरण गर्नेको सख्या २२ पुगेको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु