बुधबार, बैशाख १२, २०८१

इजरायल सरकारद्दारा स्वास्थ्य सामग्री सहयोग

काठमाडौं असार २ , इजरायल सरकारले कोभिड–१९ विरुद्ध अग्रपङ्तिमा रहेर काम गरिरहेका चिकित्सकलगायत स्वास्थ्यकर्मीको सुरक्षाका लागि नेपाललाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । दुतावासद्दारा जारी विज्ञप्तिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित एक कार्यक्रमकावीच नेपालका लागि इजराजयका राजदूत बेनी ओमेरले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई उक्त स्वास्थ्य सामाग्री सामग्री हस्तान्तरण गर्नुभएको उल्लेख गरिएको छ ।

त्यस्तै ५५० वटा पीपीई, १० हजार थान मास्क, पाँच हजार पञ्जा, स्यानिटाइजरलगायतका स्वास्थ्य सामाग्री बुझ्दै मन्त्री ढकालले  विषम अवस्थाको यस समयमा स्वास्थ्य उपकरण प्रदान गरेकामा इजरायल सरकार र त्यहाँका जनताप्रति कृतज्ञता व्यक्त गर्दै मित्रराष्ट्रहरूको यस्तै साथ सहयोगबाट कोभिडलाइ पराजित गर्ने विश्वास व्यक्त गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै राजदूत ओमेरले कोभिड महामारीविरुद्ध नेपाललाइ सहयोग गर्न इजरायल सदा तत्पर रहेको बताउनुभएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।