शुक्रबार, बैशाख १४, २०८१

आज ४ सय ५१ नयाँ संक्रमितको पहिचान ,१ हजार ४१ जना उपचारपछि डिस्चार्ज

काठमाडौं असार १ , चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोभिड १९ महामारी अन्र्तगत नेपालको ७३ जिल्लालाइ प्रभावित तुल्याउँदै पछिल्लो २४ घण्टामा ४ सय ५१ जनामा जना नयाँ संक्रमित थपिएसंगै कुल संक्रमितको सख्या ६२ सय ११ पुगेको छ ।

त्यस्तै आजको मिति सम्म जम्मा १,३८६८३ वटा कोभिडको पिसीआर परक्षण गरिएको जानकारीदिदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशैभर क्वारेन्टाइनमा १ लाख ३३ हजार८२९ जना र आइशोलेशनमा ५हजार १५१ जना रहेको जानकारी दिएकोछ ।

त्यस्तै कोभिड संक्रमणको उपचारपछि निको भएर हालसम्म ९ सय ३७ पुरुष र १ सय ४ जना महिला गरि १ हजार ४१ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।