शुक्रबार, बैशाख ७, २०८१

आज ४७६ जना नयाँ संक्रमितको पहिचानसंगै सङ्क्रमितको सङ्ख्या १३ हजार नाघ्यो

उपत्यकामा थप ८ सङ्क्रमित

काठमाडौं असार १५ , गत २४ घण्टामा २२ वटा प्रयोगशालामा गरिएको परिक्षणको क्रममा ११२ जना महिला र ३६४ पुरुष गरी कूल ४७६ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रवक्ता डा जागेश्वर गौतमले विगत ७ हजार ७९१ जनाको पिसिआर विधिबाट नमूना परीक्षण गरिएको र ५७ हजार ३६८ क्वारेन्टिनमा त्यस्तै गरि १० हजार ८५ जना व्यक्ति आइसोलेशनमा रहेको जानकारी दिनु भएको छ।

काठमाडौं जिल्लामा २ महिला र ४ पुरुषसहित छजना, ललितपुर र भक्तपुरमा १ १ जना पुरूषलाई कोभिड पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रवक्ता डा जागेश्वर गौतमले जानकारििदनु भएको छ ।

साथै उहाँले कोभिड–१९ बाट सङ्क्रमित १२१ जना आज निको भई ‘डिस्चार्ज’ हुनेको सख्या ३ हजार १६४ जना रहेको बताउनुभयो । साथै नेपालका ७७ वटै जिल्लामा फैलिएको कोभिड–१९ बाट हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २९ पुगेको बताउदै कोभिड–१९ को सङ्क्रतिको बढ्दो सख्यासंगै वृद्धि भएकाले दुई मिटरको दूरी कायम गर्न, मास्क प्रयोग गर्न र साबुनपानीले मिचीमिची हात धुन, अत्यावश्यक काम नपरी घरबाट बाहिर ननिस्कन मन्त्रालयको तर्फबट अपिल समेत गर्नुभएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु