बुधबार, बैशाख १२, २०८१

आज ३ घण्टा ३३ मिनेटलामो खण्डग्रास सूर्यग्रहण लाग्दै

खण्डग्रास सूर्यग्रहणको फलादेश १२ राशिमध्ये ४ मात्र राशीलाइ मात्र लाभदायक

काठमाडौं असार ७, असार ७ गते आइतबार आषाढ कृष्ण औँसीका दिन खण्डग्रास सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्ने छ । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिले जनाएको छ ।

प्रस्तुत ग्रहण नेपालबाट तीन घण्टा ३३ मिनेटसम्म देख्न सकिने जनाउदै  ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यताको ख्याल गर्न समेत समितिले अवैमा आग्रह गरेको छ ।

त्यस्तै सूर्यग्रहणको फल राशि अनुसार फरक छ । मेष राशिकालाई श्रीप्राप्ति, वृष राशिलाई क्षति, मिथुनलाई घात, कर्कटलाई व्यय, सिंह राशिका मानिसलाई लाभ, कन्या राशिलाई सुख, तुला राशिलाई माननाश, वृश्चिक राशिलाई कष्ट, धनु राशिलाई स्त्रीपीडा, मकर राशिलाई सुख, कुम्भलाई चिन्ता र मीनलाई व्यथाको फल हुने समितिले स्वीकृति दिएका पात्रो [पञ्चाङ्ग] मा उल्लेख छ । मेष, सिंह, कन्या र मकर राशिकाले मात्र सुरक्षित विधि अपनाएर ग्रहण हेर्नु सकिने जनाउदै बाँकी ८ राशि भएका मानिसले भने सूर्यग्रहण कुनैपनि कोणबाट हेर्न नहुने विज्ञहरुले बताएका छन ।

साथै काठमाडौबाट मध्याह्न १२ः०४ बजे सूर्यलाई करीव ८८ प्रतिशत ढाकेको देखिनेछ । यसैकारण ग्रहणका समयमा वातावरणीय तापक्रम एकाएक घटेर चिसो समेत अनुभव हुने विज्ञहरुको अभिमत रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।