शुक्रबार, बैशाख ७, २०८१

आज यूएईबाट १ सय ७९ र म्यानमारबाट ३५ जना गरी २ सय १४ जनालाई स्वदेश ल्याईदै

काठमाडौं जेठ २३ , सरकारले कोभिड संक्रमणको उच्च् जोखिमसंगै घोषित बन्दाबन्दीका कारण विदेशमा अलपत्र परेका नागरिकको आजबाट उद्दार गर्ने भएको छ । यसक्रममा आज पहिलो चरण अन्र्तगत यूएई र म्यानमारमा रहेका नेपाली स्वदेश ल्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज यूएईबाट १ सय ७९ जना र म्यानमारबाट ३५ जना गरी २ सय १४ जनालाई स्वदेश ल्याइने जानकारी दिएको छ ।

म्यानमारले आफ्ना नागरिक लिन आउने विमानमै नेपालका ३५ जना र यूएईले आजदेखि आठ वटा चार्टर फ्लाइटमा त्यहाँ रहेका नेपालीलाई फर्काउन नेपाल पठाउन लागेको जानकारी दिएको छ।

त्यस्तै कुवेतबाट पनि करिब ५ हजार नेपाली घर फर्कने प्रतिक्षामा रहेका जनाउदै मन्त्रालयलेपहिलो चरणमा सरकारले समस्यामा रहेका करिब ४० हजार नाागरिकलाई स्वदेश फर्काउने यसमध्ये कुवेतबाट ८ हजार साउदीबाट ८ हजार कतारबाट ११, मलेसियाबाट ७ हजार र साइप्रसका चार सय नेपाली स्वदेश फर्कने सूचीमा रहेको   जनाएको छ ।

त्यस्तै यसरी स्वदेश ल्याइएका नागरिकलाइविमानस्थलमा ओर्लेपछि भक्तपुर, ललितपुर र काठमाडौंका ९ वटा पार्टी प्यालेसमा उनीहरुलाई राख्ने तयारी छ । त्यसपछि स्थानीय तह र प्रहरीको सहयोगमा उनीहरुलाई सम्बन्धित जिल्लाहरुमा पठाइने भएको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु