शुक्रबार, चैत्र १६, २०८०

आज बस्ने मन्त्रीपरिषदले जारी लकडाउनको मोडालिटी परिवर्तनबारे टुंगो लगाउने

काठमाडौ जेठ २८ ,करिब ३ महिनादेखि लगातार जारी लकडाउनको मोडालिटी परिवर्तनबारे आज बस्ने मन्त्रीपरिषदले टुंगो लगाउने भएको छ । यसअघि सीसीएमसीले १० चरणमा गरी लकडाउन खोल्न उच्चस्तरीय समितिलाई प्रस्ताव पेश गरेको थियो। कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन जारी गरेको आगामी असार ११ गते तीन महिना पुग्दैछ।

लकडाउनका कारण मुलुकको अर्थतन्त्रमा ठूलो धक्का पुग्नुका साथै जीवनयापन संकटमा परेको भन्दै लकडाउन खोल्न सरकारमाथि चर्को दबाब सहित आफु खुसी नागरिकले व्यापार व्यवसाय समेत शुरु गर्न थालिसकेका छन ।

त्यस्तै यसअघिको बैठकमा प्रधानमन्त्री ओलीले प्रस्ताव ल्याउन समितिलाई निर्देशन दिएका थिए । चैत ११ गतेदेखि जारी लकडाउन जेठ ३२ गते सकिदैछ । असार १ गते गतेदेखि लकडाउन चरणबद्ध रुपमा खुकुलो बनाउने सरकारको तयारी रहेको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।