बिहिबार, बैशाख ६, २०८१

आज देखि सामाजिक दूरी सहित उद्योग र पसल खोल्ने महासंघको निर्णय

काठमाडौं जेठ २२ , नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले सामाजिक दूरी कायम राखेर आजदेखि देशैभरका पसल खोल्ने भएको छ । महासङ्घले बुधबार साँझ एक विज्ञप्तिमा ७२ दिनदेखि जारी बन्दाबन्दीका कारण उद्योग तथा व्यवसाय ठप्प हुँदा घरभाडा, बैंकको किस्ता, कर्मचारीको तलब भुक्तानीमा समस्या परेको भन्दै आजदेखि दैशैभरका उद्योग तथा पसल खोल्ने निर्णय गरेको उल्लेख गरेको छ ।

त्यस्तै विज्ञप्तिमा मुलुकमा जारी बन्दाबन्दी खोल्नेबारे सरकारले अहिलेसम्म कुनै तदारुकता नदेखाएकाले उद्योगी व्यवसायी व्यवसायबाट पलायन र रोजीरोटी गुम्ने खतरालाई मध्यनजर गर्दै पसल खोल्ने निर्णय गरेको जानकारी दिनुभयो । “बन्दाबन्दीका कारण समस्यामा परेको र यसवीचमा उद्योगी व्यवसायीलाई सरकारले कर तिर्न ताकेता गरेपछि बाध्य भएर पसल खोल्ने निर्णय गर्नुको विक्लप नभएको उल्लेख गरिएको छ ।

साथै पसल खोलिएपनि डब्लुएचओको मापदण्ड अनुरुप सामाजिक दूरी कायम राखी पञ्जा, मास्क र स्यानिटाइजरको प्रयोग गरी पसल सञ्चालन गर्ने र पसल, उद्योग व्यवसाय खुला गर्दा राज्यबाट बन्द गर्न दबाब आए वा बल प्रयोग गरिए उद्योगी व्यवसायीले तिर्ने घरभाडा, कर र बैंकको व्याजदर र कर्मचारीको तलब भत्ताको जिम्मा सरकारले लिनुपर्ने जिकिर गरेका छन ।

अपडेट:
यसैवीच पछिल्ले प्राप्त जानकारी अनुसार नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा ब्यापारीले पसल खोल्न थालेपछि उपत्यकामा सुरक्षा चुनौती बढेको केही स्थानमा खुलेका पसल प्रहरीले बन्द गराएको थाहा भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।