शुक्रबार, बैशाख १४, २०८१

आजमात्रै थप २७९ मा संक्रमण पुष्टि ,संक्रमितको कूल संख्या ४ हजार ३६४ पुग्यो

काठमाडौं जेठ २८, बुधबार नेपालमा थप २७९ कोरोनाभाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारको नियमित मिडिया ब्रिफिङमा सो जानकारी दिएको हो ।

थपिएका संक्रमितमा २५७ जना पुरुष र २२ जना महिला रहेको जनाउदै मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज थपिएका संक्रमितसंगै संक्रमितको कूल संख्या ४ हजार ३६४ पुगेको बताए ।

त्यस्तै प्रवक्ता गौतमले हालसम्म कोभिड संक्रमणलाइ पराजित गर्दै ६७४ जना घर फर्किएको जानकारी दिनुको अलावा कोरोना संक्रमणका कारण १५ जनाको मृत्यु भएको बताए।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।