शुक्रबार, बैशाख ७, २०८१

आगामी आवको लागि चन्द्रागिरीको रु एक अर्व ४९ करोड ६२ लाखको वजेट

काठमाडौं असार १२, चन्द्रागिरी नगरपालिकाको ५औं नगरसभामा आर्थिक वर्ष विहिवार २०७७/०७८ का लागि रु एक अर्ब ४९ करोड ६२ लाख १६ हजार बराबरको बजेट प्रस्तुत गरिएकोछ ।

नगरसभामा नगरपालिकाका प्रमुख घनश्याम गिरीले बुधबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य, उत्पादन र रोजगारीलाई प्राथमिकी करण गरिएको जानकारीदिनु भएको छ।

त्यस्तै नगरसभामा नगरपालिकाकी उपप्रमुख लिसा नकर्मीले अनुमानित बजेट पेश गर्दै आगामी आर्थिक वर्षमा रु ५२ करोड ५१ लाख ५० हजार राजश्व उठाउने लक्ष्य रहेको जानकारी सहित नेपाल सरकारबाट रु ६६ करोड ३५ लाख १९ हजार र त्यस्तै प्रदेश सरकारबाट रु १२ करोड ८५ लाख २६ हजार अनुदान प्राप्त हुने जानकारीदिनु भएको हो ।

त्यस्तै आर्थिक वर्ष २०७७/०७८ मा चालुतर्फ रु ७४ करोड १२ लाख, पूँजीगत खर्चतर्फ रु ६० करोड ५० लाख र सामाजिक सुरक्षामा रु १५ करोड खर्च हुने अनुमान गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु