शुक्रबार, चैत्र १६, २०८०

आइतबारदेखि मौसममा क्रमिक सुधार हुँने

काठमाडौ जेठ २४,  मौसम पूर्वानुमान महाशाखाले केहि दिन यता देखि उतारचढावमा रहेको मौसमी प्रक्रियामा आइतबारदेखि क्रमिक सुधार हुँदै जाने बताएको छ । अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम आइतवारबाट सुधार हुने महाशाखाको जनाउ रहेको छ ।

त्यस्तै महाशाखालेहाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, २ र वाग्मती प्रदेश गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको जनाएको छ ।

त्यस्तै महाशाखाको पछिल्लो रेकर्ड मापन अनुसार आज काठमाडौ उपत्यकामा १२.८ मिलीलिटर वर्षा भएको छ । त्यस्तै पोखरामा ६.४, दिपायलमा २७.१, नेपालगञ्जमा ३.१, सिमारामा ३१.९, जुम्लामा १७.० र धनकुटामा ८.८ मिलीलिटर वर्षा भएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।