बिहिबार, चैत्र १५, २०८०

अश्रुग्यास, पानीको फोहोराका कारण बालुवाटार र नक्साल क्षेत्र तनावग्रस्त

-त्रिरत्न महर्जन-

काठमाडौं जेठ २९,  मुलुकमा महामारीको समयमा पनि भ्रष्टाचारको श्रृखलाले प्रशय पाएको र त्यस्ता भ्रष्टाचारीलाइ कारवाही गर्नुको अलावा सरकारले संरक्षण गरेको भन्दै आज राजधानीको बालुवाटार र नक्साल क्षेत्रमा प्रदर्शन गरिएको छ ।

त्यसक्रममा प्रदर्शनकारीले राष्ट्रघाती एमसीसी खारेज गर, राष्ट्रिय स्वतन्त्रताको रक्षा गरौँ, दलालहरु होशियार, प्रहरी हस्तक्षेप बन्द गर’ जस्ता नारासंगै कोभिड नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्नेलगायतका माग गरेका थिए ।

ठूलो संख्यामा उपस्थित भएका प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास तथा पानीको फोहोरा प्रहार गर्दा स्थिती झन तनावग्रस्त भएको थियो ।

 

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।