मङ्लबार, बैशाख ११, २०८१

अविरल वर्षाका कारण जनकपुर जलमग्न आवागमन समेत प्रभावित

काठमाडौं असार १४ शनिबार राति परेको वर्षाले जनकपुर जलमग्न भएको छ । सरोकारवाला निकायले पानीको उचित निकास गर्न नसक्दा यहाँको अधिकांश क्षेत्र जलमग्न भएको हो ।

जनकपुरका भानु, विद्यापति, विश्वकर्मा, कदमचोक, मिल्स एरिया, प्रादेशिक अस्पताल सडक,अस्पताल परिसरका सडक जलाशयमा परिणत भएका छन् । नगरका मुख्य सडक जलमग्न भएपछि आवागमनसमेत प्रभावित भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै अविरल वर्षाको पानी जाने निकास नभएका कारण जनकपुर अञ्चल अस्पतालको नवनिर्मित भवनको आकस्मिक कक्षमा पनि पानी पसेको उल्लेख गर्दै प्राप्त समाचारमा वर्षाको पानीले यातायात, वनलगायत कार्यालयको परिसरमा पानी जमेको छ भने जनकपुर–ढल्केवर निर्माणाधीन ६ लेन सडकले गर्दा सडक समेत हिलाम्य भएको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।