बुधबार, बैशाख १२, २०८१

अंपुन चक्रवात पछि अर्को चक्रवातको सम्भावना देखिएसंगै भिषण वर्षाको खतरा

काठमाडौ जेठ २० मौसम पूर्वानुमान महाशाखाले नेपालमा फेरि अर्को चक्रवातको संभावना औल्याएको छ । महाशाखाका अनुसार दक्षिणपूर्वी अरब सागरमा रहेको न्यून चापीय प्रणाली उत्तरतर्फ बढ्दै गरेको र आउँदो २४ घण्टामा उक्त प्रणाली विकसित हुँदै चक्रवात हुने सम्भावना रहेको छ । त्यसको प्रभावले मुलुकको विभिन्न क्षेत्रमा आगामी विहीबार , शुक्रवार र शनिवार भिषण वर्षाका साथै पश्चिमी उच्च हिमाली क्षेत्रमा हिमपातको समेत प्रवल संभावना रहेको जनाएको छ ।

साथै यसअघि बङ्गालको खाडीमा विकसित शक्तिशाली चक्रवात अंपुनको अप्रत्यक्ष प्रभावले नेपालका पूर्वी र मध्य भूभागमा हावाहुरीसहित वर्षा भएको र पछिल्लो संभावित चक्रवातको आंशिक प्रभाव पर्ने जनाएको छ ।

यसैवीच महाशाखाले आज जारी गरेको ३ दिने मौसम बुलेटिन अनुसार  जेठ २० गते (मंगलबार) रातीः  कर्णाली प्रदेश र  सु.प प्रदेश मा आंशिक बदली तथा बाँकी प्रदेशहरुका भू-भागहरुमा सामान्य बदली   रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश,  गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित वर्षाको  सम्भावना रहेको छ।

जेठ २१ गते (बुधबार)  दिउँसोः  प्रदेश १, बागमति प्रदेश , गण्डकी प्रदेश , कर्णाली प्रदेश तथा प्रदेश ७ का भू-भागहरूमा  सामान्य बदली रहि बाँकी भू-भागमा मौसम आशिंक बदलि रहनेछ। प्रदेश १, बागमति प्रदेश , गण्डकी प्रदेश , कर्णाली प्रदेश तथा प्रदेश ७  का थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित  वर्षाको  सम्भावना रहेको छ। रातीः  देश भरि  सामान्य बदली   रहनेछ ।देशका थोरै स्थानहरुमा   मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको  सम्भावना रहेको छ।

जेठ २१ गते (विहीबार)  दिउँसोः  प्रदेश ७, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रहि बाँकी भू-भागमा मौसम सामान्य बदलि रहनेछ। प्रदेश ७, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थान र बाकी भू-भागका एक-दुई स्थानमा  मेघगर्जन/चट्याङ सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः  प्रदेश ७, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रहि बाँकी भू-भागमा मौसम सामान्य बदलि रहनेछ। प्रदेश ७, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थान र बाकी भू-भागका एक-दुई स्थानमा  मेघगर्जन/चट्याङ सहित  वर्षाको  सम्भावना रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।