शुक्रबार, असार २६, २०७७
ताजा फोटो फिचर समाचार

महानगर १९ मा वृहत रक्तदान

काठमाडौं असार ६, रक्तभावका कारण कारण कुनै पनि विरामीले मृत्यु वरण गर्न नपरोस भन्ने पवित्र लक्ष्य सहित काठमाडौं महानगरपालिका वडा न.१९ स्थित १९ वडा सरोकार मञ्चको आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ।  विश्वव्यापि महामारीको रुपमा फैलिएको कोभिड संक्रमणको जोखिम संगै सामाजिक दुरी सहित आयोजित रक्तदान कार्यक्रममा ४७ पिण्ट रक्तसंकलन गरिएको आयोजक संस्थाले जनाएको छ ।

बाग्मती प्रदे सभाका सदस्य राजेश शाक्यको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा महानगर वडा न.१९का वडाध्यक्ष शशिलाल श्रेष्ठ, नेपाल खड्गी सेवा समितिका केन्द्रीय अध्यक्ष अन्जिता खड्गीको विशेष आतिथ्यतासंगै वडा न. १९ का अन्य पदाधिकारी, आयोजक संस्थाका सल्लाहकारद्दय मनोज नेवा खड्गी , श्रीजन झा , समेतको उपस्थिती रहेको थियो ।

त्यस्तै संस्था गठन भएपश्चातको पहिलो सामाजीक कार्यक्रम अन्र्तगत आयोजित यस कार्यक्रमको अन्र्तगत वडाका अन्य स्थानीय संघसंस्था क्रमस नेपाल खड्गी सेवा समिति १९ वडा शाखा, चसाण्डो झि  , सयुक्त युवा क्लव , ननिचा ल्याम्ह पुच: , मु: गल्ली टोल सुधार समाज इन्द्रसभा ल्याम्ह पुच: , राजबिराज कन्स्ट्रक्सन एण्ड सप्लायर्सको सहकार्य रहेको संस्थाका सचिव हिमाल डंगोलले जानकारी दिएका छन ।

 यसैवीच आगामी बुधवार अपरान्ह महानगरपालिका वडा न.१९ कंककेश्वरी झोलुङ्गेपुल परिसरमा रहेको दिप वोरिङ्गमा बहुचर्चित फिल्टर प्लाण्ट जडान परियोजनाको डिपीआर सहित कार्यनितीका सम्बन्धमा सरोकारवाला र स्थानीयवीच सार्वजनिक सुनवाइ गर्ने तयारी लगभग सकिएको मञ्चका संयोजक सुमन खड्गीले जानकारी दिएका छन ।

यसैवीच रक्तदान शिविरमा विगत २ दशक देखि निरन्तर रक्त अभियन्ताको महत्वपूर्ण जिम्मेवारी  निर्वाह गर्दै आइरहनु भएका व्यक्तित्व अमृत नारायण मानन्धर संग हामीले  पछिल्लो समय नेपाल रेडक्रस सोसाइटीको व्यवस्थापकिय पक्षमा देखिएको कमजोरीका कारण अनेकन समस्या सिर्जना भएको जिज्ञासा राख्दा उहाँले भने…

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु