- अरुणा मानन्धर
काठमाडौ जेठ ३१, विश्वव्यापी रुपमा फैलिएको कोभिड महामारीको नियन्त्रण तथा रोकथामको सन्दर्भमा फिल्डमा खटिएका पत्रकारलाई आज एक कार्यक्रमबीच प्रेस सेन्टर नेपालले प्रेस ज्याकेट, माक्स, पञ्जा लगायतका सामाग्री वितरण गरेको छ । प्रेस सेन्टर नेपाल केन्द्रीय समितिद्धारा आज नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित ‘कोरोना प्रकोप नियन्त्रणमा पत्रकारको भूमिका विषयक छलफल तथा पत्रकार सुरक्षा सामाग्री वितरण कार्यक्रम’ बिच ति सामाग्रीहरु वितरण गरिएको हो ।
महासंघको सभा हलमा आयोजित उक्त कार्यक्रम प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसीको अध्यक्षता तथा नेकपा (माओवादी केन्द्र) का महासचिव कर्णजीत बुढाथोकीको प्रमुख आतिथ्यता र प्रेस सेन्टरको ३ न प्रदेशका अध्यक्ष सुमन वाङ्देन लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रेस सेन्टरका अध्यक्ष जैसीले आफ्नो संगठनले कोरोना नियन्त्रणको सन्दर्भमा फिल्डमा खटिने पत्रकारहरुलाई सुरक्षित उपकरणको प्रवन्ध, विशेष उपचार कोषको व्यवस्था, नियमित स्वास्थ्य जाँचको निशुल्क र सहज व्यवस्था, सूचना संकलनमा सहजताको वातावरण निर्माण लगायतका माग गर्दै सत्य समाचारले मानिसलाई कोरोनासँग लड्न हिम्मत दिने र सतर्कता अपनाउन सघाउने भएकाले कोरोना नियन्त्रणको अभियानमा सञ्चार क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए ।
हुम्लाबाट पूर्व संसद समेत रहेका नेकपा (माओवादी केन्द्र) का महासचिव कर्णजीत बुढाथोकीले कोरोनासँग जित्नका लागि मानिसको मनोवल बढाउदै उच्च सतर्कता अपनाउनुपर्ने र त्यसमा पत्रकारहरुको भूमिका अत्यन्त महत्वपूर्ण रहने बताउदै पत्रकारहरुलाई आवश्यक पर्ने सुरक्षा उपकरण राज्यले विना पक्षपात सहज रुपमा दिनुपर्ने बताए ।
त्यस्तै आषाढ २ गते दश दलिय मोर्चाद्धारा काठमाडौंको माईतिघरमा एमसीसी लगायतका राष्ट्रघाती सड्यन्त्रहरुको विरोधमा आयोजित कार्यक्रममा पत्रकारहरुलाई सहभागिताका लागि आग्रह समेत गरिएको उक्त कार्यक्रममा प्रेस सेन्टरका प्रदेश तीन अध्यक्ष सुमन ३ न प्रदेशका सचिव अरुणा मानन्धर लगायलते वोल्नु भएको थियो ।
तपाईं फेसबुक, युट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- लोकतन्त्र र संविधानको रक्षाका लागि काँग्रेसले जस्तो सुकै कदम उठाउन पनि पछि नपर्ने नेता सिंहको उद्घोष
- काँग्रेसले आज प्रतिनिधि सभा विघटन विरुद्ध ७ सय ५३ वटै स्थानीय तहमा प्रदर्शन गर्दै
- संसद विघटनसम्बन्धी मुद्दाको संवैधानिक इजलासमै सुनुवाइ हुने आदेश जारी
- उपत्यकाका १७२ सहित थप २ सय ७० जनामा कोभिड संक्रमण
- झारफुक गर्ने बहानामा तातो फलामले डाम्दा बिरामीको मृत्यु ,घटनामा संलग्न दम्पती पक्राउ
- कक्षा १२ को परीक्षाको नतिजा एक साताभित्र
- कोभिसिल्ड’ खोपलाई आपतकालीन प्रयोगको अनुमति
- कारागार कार्यालय, चितवनलाई पुस्तक हस्तान्तरण
- बुधवार हेर्दाहेर्दैमा सकिएको संसद विघटन मद्धाको सुनवाइ आज हुँदै
- तत्कालै पानी पर्ने सम्भावना नरहे पनि अझै ३ दिन मौसम बदली हुने
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- एमालेको अतिवाद तथा नक्कली राष्ट्रवाद र माओवादी केन्द्रको अवसरवादी प्रवृत्तिको चित्रण सहित काँग्रेसको घोषणापत्र सार्वजनिक
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान