शुक्रबार, चैत्र १६, २०८०

७ वर्षीय बालकसहित थप ९ जनालाई कोरोना संक्रमण ,संक्रमितको सख्या २६७ पुग्यो

काठमाडौ जेठ २ , काठमाडौंका ७ वर्षीय बालकसहित थप ९ जनालाई कोरोना संक्रमण पहिचान भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले द्दारा अहिले ८: १५ बजे जारी विज्ञप्तिमा उल्लेख भएअनुसार शुक्रबार काठमाडौं सतुंगलका ७ वर्षीय बालकसहित पर्सा, उदयपुर र दाङमा थप ९ जनालाई संक्रमण पुष्टि गरेसंगै नेपालमा कोरोना संक्रमितको संख्या जम्मा २६७ पुगेको छ।

नयाँ संक्रमितमा वीरगञ्जका ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीय महिला, उदयपुर त्रियुगाका २५ वर्षीय पुरुष, दाङ तुल्सीपुरका २३,३६ र ३४ वर्षीय पुरुष तथा काठमाडौं सतंगुलका ७ वर्षीय बालक रहेको छ । नेपालमा हालसम्म ३६ जना कोरोना संक्रमित निको भएर घर फर्की सकेका छन्।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।