शुक्रबार, चैत्र १६, २०८०

राष्ट्रपति भण्डारी  र उपराष्ट्रपति पुनको स्वाबको नमुना सङ्कलन

काठमाडौं बैशाख ३०, संघीय ससंदको छैटौँ अधिवेशन अन्र्तगत आगामी जेठ २ गते संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रममा सहभागी हुनका लागि राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारी  र उपराष्ट्रपति नन्दबहादुर पुनको स्वाबको नमुना सङ्कलन गरिएको छ ।

संसद् सचिवालयको समन्वयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले  राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीसहित ३७ जना  , उपराष्ट्रपति कार्यालयमा उपराष्ट्रपति नन्दबहादुर पुनसहित ६४ आज कोभिड–१९ परीक्षणका लागि उहाँको स्वाबको नमूना सङ्कलन गरेको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।