बुधबार, बैशाख १२, २०८१

भूमि अतिक्रमणविरुद्ध प्रदर्शनमा प्रहरी हस्तक्षेप ,पहाडी सहित दर्जनौ अधिकारकर्मी पक्राउ

विवेकशील नेपाली पार्टीकी नेतृ रञ्जु दर्शना पक्राउ

काठमाडौं बैशाख ३०, भारतले गरेको नेपाली भूमि अतिक्रमणविरुद्ध मानव अधिकार तथा शान्ति समाजले आज दिउँसो भारतीय दूतावास लैनचौर अघि विरोध प्रदर्शनको क्रममाा प्रहरी हस्तक्षेप भएको छ ।

सीमा अतिक्रमण अपराध हो, नेपालको सार्वभौमसत्ताको सम्मान गर, लिपुलेक सडक निर्माण तत्काल रोक, भारतीय सेना कालापानीबाट फिर्ता गर लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै विरोध प्रदर्शनमा उत्रेका प्रदर्शनकारी मध्ये प्रहरीले अधिकारवादी नेता एवं शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सहित गरी २२ अधिकारकर्मीलाइ पक्राउ गरेको छ ।

गिरफ्तार अधिकारकर्मीहरुलाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखिएको प्रहरीले जनाएको छ ।

यसैवीच आजै लिपुलेकमा नेपाली भूमि अतिक्रमणको विरोध गर्दै प्रदर्शनमा उत्रेकी विवेकशील नेपाली पार्टीकी नेतृ रञ्जु दर्शना सहित  आधा दर्जन युवालाई प्रहरीले माइतीघर मण्डलाबाट पक्राउ गरेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।