शनिबार, बैशाख ८, २०८१

कपिलवस्तुमा १० जनामा कोभिड-१९ संक्रमण देखिएसंगै संक्रमितको संख्या १ सय २० पुग्यो

काठमाडौ बैशाख २९, कपिलवस्तुमा १० जनामा कोभिड १९ संक्रमण देखिएसंगै नेपालमा संक्रमितको संख्या १ सय २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु यशोधरा गाउँपालिका ५ र वुद्धभुमि नगरपालिकाको ७ र १० वडा का १० जना पुरुषहरुमा संक्रमण देखिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको जनाउदै मन्त्रालयले उनीहरुको स्वास्थ्य सामान्य रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० जनामध्ये ९ जना १८ देखि ३४ वर्षीय पुरुषहरु छन् । एक जनाको भनेर उमेर नखुलेको जनाएको छ ।

नेपालमा हालसम्म संक्रमण देखिएका १२० जनामध्ये ३३ जना उपचारपछि उपचारपछि घर फर्केका छन् । अन्यको विभिन्न अस्पतालका आइसोलेसनमा राखेर उपचार भइरहेको जनाएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।