मङ्लबार, बैशाख ११, २०८१

संसद् सचिवालयका दुइसय १२ सांसद सहित ४४१ संसद् सचिवालय कर्मचारीको स्वाब सङ्कलन

काठमाडौं बैशाख २५ , शुक्रवारबाट शुरु हुने बजेट अधिवेशनको पूर्व सन्ध्यामा बढ्दो कोभिड संक्रमणको उच्च जोखिमलाइ दृष्टिगत गर्दै बैठकमा सहभागि हुने दुवै सदनका सदस्य एवम् कर्मचारी तथा मर्यादापालक गरी ४४१ जनाको थ्रोट स्वाब सङ्कलन गरिएको छ ।

संसद् सचिवालयका अनुसार आज प्रतिनिधिसभाका १७९ राष्ट्रियसभाका ३३ गरि दुइसय १२ सांसद सहित २२९ सङ्घीय संसद् सचिवालयका कर्मचारी तथा मर्यादापालक को स्वाब सङ्कलन गरिएको जनाएको छ ।

त्यस्तै सचिवालयले शुक्रवार बाँकी सांसद, सुरक्षाकर्मी र कर्मचारीको शुक्रबार बिहान ८ः०० देखि १०ः०० बजेसम्म बानेश्वरस्थित संसद् भवन परिसरमै स्वाब सङ्कलन गरिने जनाएको छ । सङ्कलित स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको सचिवालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।