बुधबार, बैशाख १२, २०८१

उदयपुर, वीरगन्ज र नेपालगन्जमा नमुना संकलनका लागि नेपाली सेनाको टिम परिचालन

काठमाडौ वैशाख २५ ,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशभर १४ हजार ५०९ जनाको ‘पीसीआर’ र ५४ हजार ९३ मा ‘आरडीटी’ परीक्षण गरिएको जानकारी दिनु भएको छ ।

साथै उहाँले कोभिड संक्रमणको उच्च जोखिम अर्थात ‘हटस्पट’ मानिएको ३ जिल्ला क्रमस उदयपुर, वीरगन्ज र नेपालगन्जमा नमुना संकलन गर्न काठमाडौंबाट इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा र नेपाली सेनाको टिम परिचालन भैसकेको जानकारी दिनु भएको छ ।

साथै उहाँले देशभर १३३ जना ‘आइसोलेसन’ रहेका यसमध्ये उपत्यका मा ३ जना र उपत्यका वाहिर १३० जना रहेका छन् भने १७ हजार ३७२ जना ‘क्वारेन्टाइन’मा रहेको जानकारी दिदै ७७ जना कोरोना संक्रमितको मुलुकको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको बताउनुभएको छ ।

Novel Coronavirus (COVID-19) Media Briefing 2077.01.25

Novel Coronavirus (COVID-19) Media Briefing 2077.01.25#COVID-19

Gepostet von Ministry of Health and Population-Nepal am Donnerstag, 7. Mai 2020

अमेरिका नेपाल मेडिकल फाउन्डेसनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङलाई ‘आइसीयु’कक्ष स्थापना गर्न ६८ लाख २४ हजार २०० रुपैयाँ उपलब्ध गराएको पनि प्रवक्ता डा  देवकोटाले जानकारी दिनुभयो   ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।