शुक्रबार, चैत्र १६, २०८०

आज शान्तिका अग्रदूत एवम एशियाका तारा भगवान् गौतम बुद्धको २५६४ औँ जन्म जयन्ती मनाइदै

भव तृष्णा, विभव तृष्णा र काम तृष्णाका कारणले दुःखको उत्पत्ति हुन्छ : बुद्धवचन

काठमाडौं बैशाख २५ आज बैंशाख शुक्ल पूर्णिमा प्रत्येक वर्ष आजको दिन गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्त तथा उहाँले महापरिनिर्वाण प्राप्त गरेको यो दिनलाई त्रिसंयोग अर्थाथ ऐतिहासिक व्यक्तित्व शान्तिका प्रतीक गौतम बुद्धको  २५६४ औँ जन्मजयन्तीको अवसरमा शान्ति र अहिंसाका प्रतिक गौतम बुद्धको स्मरण सहित यो दिवस मनाउँने गरिन्छ । नेपालको लुम्बिनीमा जन्मिएर विश्वमा शान्ति, अहिंसा र सद्भावको सन्देश फैलाउने बुद्धको योगदान चीर स्मरणीय रहिआएको छ ।

  विश्वभर करोडौ मानिस बुद्ध धर्मका अनुयायी छन् । बुद्ध जयन्तीकै अवसरमा लुम्वीनि स्थित मायादेवी मन्दिरमा विशेष पुजा आराधना गरी बुद्धको मुर्तिसहितको धार्मिक पदयात्राले लुम्बिनी परिक्रमा त्यस्तै राजधानीको स्वयम्भु गुम्वामा बुद्धको स्मरणमा विशेष पूजाआजा लगायतका  कार्यक्रम सहित यो पर्व मनाउने गरिन्छ ।

तर वर्ष २०७७ मनाएने बुद्धजयन्ती पर्व विश्वव्यापी महामारीके रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा सीमित लामा एवं बौद्ध धर्मगुरु मात्र बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि मात्र पूरा गरिने मनाइने भएको छ । साथै राज्य सरकारले पनि आम मानिसलाई बेलुकी घरमै दीपावली गरेर बुद्ध जयन्ती मनाउन आह्वान गरेको छ ।

पिता शुद्धोधन र माता मायादेवीको कोखबाट शाक्यमुनि राजपरिवारमा जन्मिएका सिद्धार्थ गौतमले २९ बर्षको उमेरमै राजर्षी सुखसयल त्यागेर सत्यको खोजीमा निस्किएका थिए । ईसा पूर्व ५२८ को वैशाख शुक्ल पूणिर्माकै दिन उहाँले बुद्धगयास्थित बोधिवृक्ष मुनि बुद्धत्व प्राप्त गर्नुभएको थियो । बुद्धत्व प्राप्त गरेपछि नै सिद्धार्थ गौतमलाई गौतम बुद्ध भन्न थालियो । भव तृष्णा, विभव तृष्णा र काम तृष्णाका कारणले दुःखको उत्पत्ति हुन्छ र त्यसको निरोधका लागि निर्वाण प्राप्त गर्नुपर्दछ भन्ने बुद्ध धर्मको सार हो । दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने ८ वटा मार्ग छन् भनी गौतम बुद्धले ज्ञान दिएका छन् ।