बिहिबार, चैत्र १५, २०८०

चाबहिलमा मनकारी समूहको सक्रियता , दैनिक दुइ सय जनालाइ नि:शुल्क खाना

काठमाडौं बैशाख २१,  कोरोना संक्रमणबाट हुन सक्ने महामारी रोक्न सरकारले जारी गरेको लडकडाउनका समयमा दैनिक खाना खान समस्या पर्नेहरुलाई लक्षित गर्दै पछिल्लो मनकारी समूहको सक्रियता बढ्दो रहेको छ ।

यसैक्रममा राजधानीको चाबहिल चुच्चेपाटीमा लक्डाउनका कारण प्रताडित विपन्न लगायत दैनिक गुजारा गर्न असहज भएको व्यक्तिका लागि स्थानीय हामी छौ नि नामक संस्थाको अगुवाइमा दैनिक दुइ सय जनालाइ नि:शुल्क खाना खुवाउने पुनित कार्य हुँदै आइरहेको छ ।

संस्थाका अध्यक्ष कनकध्वज खड्काका अनुसार विगत दुइ सातायता देखि दैनिक नि शुल्क खाना खुवाउने कार्य गर्दै आइरहेको बताउदै औसतमा दैनिक २०० वा कहिले सो भन्दा बढि व्यक्तिले खाना प्राप्त गर्दै आएको जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।