मङ्लबार, बैशाख ४, २०८१

महासंघ उपत्यका प्रदेशको तर्फबाट मिर्गौलापीडित पत्रकार पाल्पालीलाइ औषधि

काठमाडौं बैशाख १९, नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले प्रदेश समिति अन्र्तगत रहेका जिल्ला शाखा आवद्ध विभिन्न प्रकृतिका बिरामीका कारण नियमित औषधि सेवन गरिरहेका सञ्चारकर्मीलाई संभव भएसम्मको औषधि उनीहरुको घरैमा लगेर निःशुल्क औषधि उपलब्ध गराउदै आएको छ ।

विश्वव्यवापी कोभिड – १९ संक्रमणको जोखिम फैलिन नदिन सरकारले जारी गरेको ‘लकडाउन आदेशका कारण औषधि प्राप्तिमा असहज नहोस भन्ने लक्ष्यका साथ समितिले गत बैशाख २ गते जारी सूचना अनुरुप महासचिव श्रीजन झाको संयोजकत्वमा फोकल पर्सन  कोषाध्यक्ष टेनिस रोका, समिति सदस्य सागर पन्त रहने गरि बनाईको सहजीकरण समितिले आज महासंघ काठमाडौं शाखाका सदस्य समेत रहेका मिर्गौलापीडित पत्रकार विजयकुमार पोखरेल (बीके पाल्पाली)र उनका श्रीमती रेणुका भट्टराइ समेतलाइ प्राप्त जानकारी अनुरुप औषधि उपलब्ध गराएको हो ।

पत्रकार पाल्पालीका श्रीमतीका अनुसार पत्रकार पाल्पालीलाई सातामा ३ पटक डाइलोसिस गर्नुपर्ने यसवीचमा बढ्दो लकडानउनका कारण औषधि अभाव भएसंगै सहयोगका लागि उपत्यका प्रदेश समितिका महासचिव श्रीजन झालाइ गर्नु भएको आग्रह अनुरुप महासचिव झाले औषधि थोक व्यवसायी संघका केन्द्रीय अध्यक्षको सहजीकरणमा नेपाल औषधि थोक व्यवसायी संघ पिडानका सदस्य एव महादेव मेडिसिन सप्लार्यसका प्रबन्ध निर्देशक रवि गुप्ताको सहयोगमा मिर्गौलापीडित पत्रकार बीके पाल्पाली र उनकी श्रीमती रेणुका भटटराइले नियमित प्रयोग गर्दै आइरहेको औषधि करिव दुइ महिनाको लागि खपट हुने गरि प्राप्त जानकारी अनुरुप क्रमस  Alcal-D 500 _ Ifol _Torsenic- Amtas-10_ Prazopress-xL5_ Pentap_30 tab, Sitamet SR-850 नामको औषधि औषधि उपलब्ध गराउँदै पत्रकार बीके पाल्पालीको स्वास्थय लाभको कामना गरिएको थियो ।

यसअघि समितिले महासंघ काठमाडौं शाखाका वरिष्ठ सदस्य चक्रपाणि नेपाल र सोहि शाखाका अर्का सदस्य नेत्र बहादुर हमाल र मनोज सार्थकलाइ पनि प्राप्त जानकारी अनुरुप औषधि व्यवसायीहरुसंगको सहकार्यमा उहाँहरुले प्रयोग गरिरहेको औषधि उपलब्ध गराउदै स्वास्थ्य लाभको कामना गरिएको थियो ।

औषधि हस्तान्तरणको क्रममा फोकल पर्सन सागर पन्त, महासंघ उपत्यका प्रदेशका सदस्य रामचन्द्र प्रजापति , पत्रकार कृष्ण प्रजापति पत्रकार महासंघका केन्द्रीय सभाषद निरज रञ्जित पत्रकार उज्जवल खनाल , फोटो पत्रकार अनुप प्रधान लगायतको उपस्थिती रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।