शुक्रबार, चैत्र १६, २०८०

५४ वर्षीया महिलामा कोभिड सङ्क्रमण पुष्टि भएसंगै वाग्मती प्रदेशको राजधानी हेटौँडामा सन्नाटा

हेटौँडा जेठ ११,  हेटौँडा–४ की थप उच्च सतर्कता अपनाइएको छ । स्थानीय प्रशासनले थप जोखिम हुन र फैलिन नपाओस भन्दै अहिले त्यहाँ जारी लकडाउनलाइ कडाइका साथ पालनमा ध्यान दिईएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

प्राप्त समाचारमा उल्लेखभए अनुसार वाग्मती प्रदेश प्रहरी कार्यालयले जथाभावी हिँडडुल गर्ने व्यक्ति, निजी तथा सार्वजनिक सवारी साधनलाई कारवाही गर्न थालिएको जनाईएको छ ।

यो र्संगै यसअघि बिहान ६ देखि ९ बजेसम्म बजार खुले पनि किनमेल कालागि निस्केनेको चहलपहल समेत घट्नको साथै एक किसिमको सन्नाटा देखिएको बताईएको छ । त्यस्तै संक्रमित महिलाको उपचारमा संल्गन हेटौँडा अस्पतालका ५ जना चिकित्सकसहित २२ जनालाई क्वरेन्टिनमा राख्नुको अलावा अस्पतालका १५० मध्ये ६६ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाईएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।