शनिबार, बैशाख ८, २०८१

१ सय ९१ पत्रकारको स्वाव परीक्षण रिपोर्ट नेगेटिभ

काठमाडौं जेठ ९, १ सय ९१ पत्रकारको कोभिड–१९ को रिर्पोट नेगेटिभ आएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सबैको रिर्पोट नेगेटिभ आएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिनुभएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको समन्वयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाबाट आएको टोलीले गत मंगलबार राष्ट्रिय सञ्चारमाध्यम, अनलाइन मिडियामा कार्यरत १९१ पत्रकारको कोभिड–१९ परीक्षण गर्न स्वाब संकलन गरेको थियो।

यसअघि प्रेस काउन्सिलले गरेको ७० वरिष्ठ पत्रकार, सम्पादकको रिपोर्ट पनि नेगेटिभ आएको थियो। कोभिड–१९ को संक्रमण अग्रपंक्तिमा काम गर्ने पत्रकार, सुरक्षाकर्मीमा देखिन थालेपछि महासंघले पनि उपत्यकामा काम गर्ने विभिन्न सञ्चारमाध्यमका पत्रकारको परीक्षण गराएको हो। परीक्षण पछि प्राप्त पत्रकारको नेगिटिभ रिपोर्ट सम्बन्धित पत्रकारलाई वितरण गरिने पत्रकार महासंघले जानकारी दिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।