बुधबार, बैशाख १२, २०८१

१७ लाख ६१ हजार बराबरको धनमाल चोरी गरि फरार रहेका आधादर्जन अभियुक्त पक्राउ

काठमाडौं जेठ ३, महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी वृत्त कीर्तिपुरको सयुक्त टोलीले चन्द्रागिरी नगरपालिका १५ तिनथाना बस्ने राजेश मानन्धरको घरबाट करिब १७ लाख ६१ हजार ५ सय रुपैयाँ मूल्य बराबरको धनमाल चोरी घटनामा संलग्न रही फरार रहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा उदयपुर १० का आकाश मगर, कीर्तिपुर नगरपालिका १० बस्ने सौरभ महर्जन, कीर्तिपुर नगरपालिका ३ २० वर्षीय अभिषेक महर्जन, १९ वर्षीय अञ्जना मगर, काठमाडौं चन्द्रागिरी नगरपालिका९१४ बस्ने २४ वर्षीया उषा भन्ने बिमला तामाङ र २० वर्षीया एन्जल भन्ने कबिता मगर रहेका छन् ।

त्यस्तै पक्राउ परेकामध्ये अञ्जना मगर, अभिषेक महर्जन र कबिता मगरलाई चन्द्रागिरी नगरपालिका १५ तिनथानाबाट, विमला तामाङलाई ईलाका प्रहरी कार्यालय गजुरीको समन्वयमा धादिङ किरानचोकबाट तथा सौरभ महर्जन र आकाश मगरलाई कीर्तिपुर नगरपालिका ३ चिहानघाटबाट पक्राउ गरेको प्रहरीले जनाएके छ ।

साथै महानगरीय अपराध महाशाखा, टेकुबाट खटिएको प्रहरीले गत जेठ १ गते दोलखा घर भएका छिरिङ लामा भन्ने रबिन तामाङलाई राजेश मानन्धरकै घरबाट चोरी गरेको मुर्ति २ थान, ३२ ईन्चको टिभि, कम्प्युटरको मनिटर १ थान लगायतका सामानहरू सहित पक्राउ गरिएको जानकारी दिदै पक्राउपरेका  अभियुक्तहरु उपर मुलुकी अपराध संहिता, २०७४ अन्तर्गतको चोरी तथा डाँका सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको उक्त वृत्तले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।