बिहिबार, बैशाख ६, २०८१

१५ हजार ४९२ जनाको पीसीआर’ परीक्षण, संक्रमितको संख्या १०२ पुग्यो

काठमाडौं वैशाख २६ , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको मिडिया ‘प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नेपालगन्जस्थित भेरी अस्पतालमा गरिएको परीक्षणमा १६ वर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएसंगै संक्रमितको सख्या १०२ पुगेका जानकारी दिनु भएको छ ।

त्यस्तै उहाँले पछिल्लो समय ‘पीसीआर’बाट १५ हजार ४९२ जनाको परीक्षण र आरडीटी’ विधिबाट ५४ हजार ५३१ जनाको ‘ परीक्षण गरिएको बताउनुभएको छ । साथै देशभर १३५ जना ‘आइसोलेसन’मा रहेका यसमध्ये उपत्यका ३ रहेको त्यस्तै उपत्यका वाहिर १३२ रहेको जानकारी सहित देशैभर १५ हजार ६२४ जना ‘क्वारेन्टाइन’मा रहेको प्रवक्ता देकोटाले जानकारी दिनुभयो ।

यस्तै प्रवक्ता डा देवकोटाले कोभिड १९ संक्रमणको उपचारपछि विराटनगरस्थित कोरोना विशेष उपचार केन्द्रमा उपचार गराइरहेका २५ जना संक्रमितहरुमध्ये ८ जना विरामी आज डिस्चार्जभएको र यो संगै उपचार पछि घर डिस्चार्ज हुनेको सख्या ३० पुगेको जानकारी दिनु भएको छ ।

Novel Coronavirus (COVID-19) Media Briefing 2077.01.26

Novel Coronavirus (COVID-19) Media Briefing 2077.01.26#COVID-19

Gepostet von Ministry of Health and Population-Nepal am Freitag, 8. Mai 2020

साथै उहाँले स्वीस सरकारले सहयोगस्वरुप दिएको ३० हजार पीसीआर परीक्षणका लागि आवश्यक ‘रि–एजेन्ट’ देशभरका १८ ल्याबमा पठाएको भन्दै प्रवक्ता डा। देवकोटाले योसँगै अब परीक्षणको दायरा फराकिलो बताउदै लकडाउनको समायमा नकारात्मक भन्दा पनि सकारात्मक सोच सहित सिर्जनशील काम गर्न आग्रह गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु