शुक्रबार, बैशाख १४, २०८१

हिमानी ट्रष्टद्दारा दोस्रो चरणकोे राहत वितरण

काठमाडौ बैशाख २६ , हिमानी ट्रष्टले आज दोस्रो चरणकोे राहत वितरण गरेको छ । विभिन्न संस्था तथा व्यक्तिलाई कोषले वितरण गरेको सामग्रीमा खाद्य तथा स्वास्थ्य सामग्री रहेको काृषलृ जनाएके छ ।  प्राप्त जानकारी  अनुसार कोषले सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा पीपीइ, मास्क, पञ्जा र स्यानिटाइजर वितरण गरेको छ । पशुपति विकास कोषलाई २० बोरा चामल, ४ सय केजी दाल र एकल महिलाका लागि काम गर्दै आएको छहारी नामको संस्थालाई ७४ बोरा चामल वितरण गरिएको छ ।

त्यस्तै काठमाडौ महानगरपालिका वडा नम्बर तीनलाई २० थान पीपीइ, मास्क र स्यानेटाइजर कोषले सहयोग हस्तान्तरण गरेको छ भने आर्यघाटमा शव व्यवस्थापनमा खटिएका कर्मचारीलाई पनि कालिमाटी फलफूल तथा तरकारी बजार, नक्साल, चावहिल, जोरपाटी, कोटेश्वरमा रहेका व्यापारीलाई पनि मास्क, ग्लोब्स, डिसइन्फेक्सन स्प्रे वितरण गरेको छ ।

त्यस्तै जोरपाटी क्षेत्रमा रहेका अपाङ्गता भएका परिवार, भक्तपुरमा गन्धर्व परिवार, मानवीय सरोकार बालगृह लगायतका विभिन्न संघ सस्थालाइ पनि राहत सामग्री वितरण गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।