बिहिबार, बैशाख १३, २०८१

सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्रै समाचार संकलन गर्न महासंघको अपिल

  •  महासंघले प्रेसको दुरुपयोग सम्बन्धी अनुगमन गर्दै
  • अति आवश्यक समाचार संकलनका लागि मात्रै कार्यस्थल जान र अनावश्यक भीडभाड नगरी सतर्कतापूर्वक समाचार संकलन गर्न आग्रह
  • कार्यस्थलमा खटिने सञ्चारकर्मीहरुको पीसीआर परीक्षणका लागि महासंघले आवश्यक पहल भइरहेको जनाउ
  • लकडाउन पछि प्रकाशन तथा प्रसारण बन्द भएका सञ्चारमाध्यम सम्बद्ध सञ्चारकर्मीहरुलाई प्रेसको प्रयोग गरेर हिँडडुल नगर्न र यूटुव र विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि विचार तथा अभिव्यक्ति स्वतन्त्रताको मर्यादा भित्र रहेर काम गर्न आग्रह

काठमाडौ जेठ ४, नेपाल पत्रकार महासंघलृ विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ को संक्रमण नेपालमा पनि क्रमशः बढ्दै गएको सन्दर्भमा अग्र भागमा रहेर समाचार संकलन गर्नुपर्ने सञ्चारकर्मीहरु थप जोखिममा पर्दे गएकोप्रति चिन्ता व्यक्त गरेको छ ।  महासंघका महासचिव रमेश विष्टले आज जारी गर्नु भएको विज्ञप्तिमा अहिलेसम्म ४ जना सञ्चारकर्मी कोभिड १९ को संक्रमणमा परेको दुखद् यथार्थ रहेको उल्लेख गर्दै संक्रमित चारै जना पत्रकारहरु अहिले स्वास्थ्य उपचारको क्रममा रहेको उल्लेख गर्नुभएको छ ।

त्यस्तै विज्ञप्तिामा कार्यस्थलमा खटिने सञ्चारकर्मीहरुको पीसीआर परीक्षणका लागि महासंघले आवश्यक पहल गरिरहेको बताउदै पछिल्लो समय ३ सय ५० भन्दा बढी सञ्चारकर्मीहरुको पीसीआर परीक्षण सम्पन्न भइसकेको छ भने अन्य पत्रकारहरुको परीक्षणका लागि आवश्यक प्रबन्ध भइरहेको जनाएको छ । साथै आमसञ्चारकर्मीहरुलाई आफ्नो स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्रै समाचार संकलन तथा सम्प्रेषण गर्न पुनः अपिल गर्दै अति आवश्यक समाचार संकलनका लागि मात्रै कार्यस्थल जान र अनावश्यक भीडभाड नगरी सतर्कतापूर्वक समाचार संकलन गर्न समेत आग्रह गरेको छ ।

पछिल्लो समय प्रेस लेखिएका सवारी साधन र प्रेस ज्याकेट लगाएर भीडभाड गर्ने, अनावश्यक हिँडडुल गर्ने र प्रेसको दुरुपयोग भइरहेकोप्रति पनि महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । प्रेस लेखेका सवारी साधन र ज्याकेट सञ्चारकर्म बाहेक अन्य प्रयोजनमा प्रयोग नगर्न र लकडाउन पछि प्रकाशन तथा प्रसारण बन्द भएका सञ्चारमाध्यम सम्बद्ध सञ्चारकर्मीहरुलाई प्रेसको प्रयोग गरेर हिँडडुल नगर्न र यूटुव र विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि विचार तथा अभिव्यक्ति स्वतन्त्रताको मर्यादा भित्र रहेर काम गर्न समेत सम्बन्धित सबैमा आग्रह समेत गरेको छ ।

साथै महासंघले प्रेसको दुरुपयोग सम्बन्धी अनुगमन गरिरहेको जनाउ सहित दुरुपयोग रोक्न सम्बन्धित निकायले समेत अग्रसरता लिन महासंघले आग्रह गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।