शुक्रबार, बैशाख १४, २०८१

सुत्केरी महिलाको मृत्युसंगै कोभिड संक्रमणको आशंकामा धुलिखेल अस्पताल सिल गरियो

काठमाडौं जेठ ३ , कोरोना संक्रमणको आशंका गरिएको विरामीको मृत्यु भएपछि काभ्रेको धुलिखेल अस्पताल सिल गरिएको छ । सिन्धुपाल्चोक बाह्रबिसेको ३० वर्षीय सुत्केरी महिलाको मृत्यु भएपछि आज विहान अस्पताल सिल गरिएको हो स्थानीय प्रहरीलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएके छ ।

प्राप्त जानकारी अनुसार आठ दिने सुत्केरी समेत रहेकि ती महिला विरामी परेकी थिइन् । उनमा कोरोना संक्रमण मिल्दो लक्षण देखिएसंगै धुलिखेल अस्पताल भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको बुझिएकोछ ।

यद्यपी महिलाको मृत्यु पछि उनको स्वाब परीक्षणका लागि संकलन गर्दै परीक्ष्णको लागि मृत्यु भएपछि अस्पतालले उनको स्वाब पुन परीक्षणका लागि टेकु अस्पताल पठाएको जनाएको छ । साथै स्वाव परीक्षणको रिपोर्टआएसंगै विरामीमा कोरोना संक्रमण भए नभएको जानकारी प्राप्त हुने धुलिखेल अस्पतालले जनाएपनि तत्काललाइ    उच्च सतर्कता सहितअस्पतालमा ५ सय मिटरको दुरीसम्म प्रवेश निषेध गर्दै   सिल गरिएको बुझिएकोछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।