बिहिबार, बैशाख १३, २०८१

संविधान संशोधनबारे संस्थागत धारणा तय गर्न काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौ जेठ १७, प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेसको आज बस्ने केन्द्रीय समिति बैठकले सङ्घीय संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव सम्बन्धमा छलफल सहित संस्थागत धारणा तय गर्ने भएको छ ।

आज दिउँसो १ बेज बस्ने बैठकमा संविधान संशोधन प्रस्तावलगायत समसामयिक विषयमा छलफल हुने काँग्रेस मुख्यालयले जनाएको छ ।

सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्साअनुसार नेपालको संविधानको अनुसूची–३ मा रहेको नेपालको निशान छापभित्र अङ्कित नेपालको नक्सालाई नेपालको वास्तविक सीमाअनुरूप मिलाउनका लागि जेठ ९ गते सङ्घीय संसद्मा ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७७’ विधेयक दर्ता गराएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।