मङ्लबार, बैशाख ११, २०८१

संक्रमित ६ वर्षिया बालिकाका अभिभावकको रिपोर्ट नेगेटिभ

काठमाडौं जेठ ४,  राजधानीस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा कोभिड संक्रमणको पुष्टि भएकी कपिलवस्तुकी ६ वर्षीय बालिकाको अभिभावकमा काुभिड संक्रमण नेगेटिभ देखिएसंगै पछिल्लो समय ती वालिकामा उपचारको क्रममा अस्पतालबाटै संक्रमण भएको अनुमान गरिएको छ ।

गत वैशाख २७ गते महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि अस्पताल भर्ना गरिएकाी वालिकाको हजुरबुवा र हजुरआमाको रिपोर्टमा कोभिड संक्रमण ‘नेगेटिभ’ पाइनुले थप आश्चर्यको विषय भएको भन्दै संक्रमित भनिएको वालिकोको पुन परीक्षण गर्न आवश्यक रहेको अभिभावकहरुको जिकिर रहेको छ।

यसअघि अस्पतालका चिकित्सक र कर्मचारीको रिपोर्ट पनि नेगेटिभ आएको थियो । त्यस्तै बालिकाको स्वास्थ्यवस्था सामान्य रहेका कारण अस्पताल प्रशासनले वालिकाको परीक्षण् गर्नु अस्पतालको  लागि पनि हितकारी हुने देखिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।