बिहिबार, चैत्र १५, २०८०

संक्रमण प्रभावित क्षेत्रको वर्गिकृत गर्दै जारी लकडाउनलाइ खुकुलो गर्ने सरकारको तयारी

काठमाडौ बैशाख १९,  राष्ट्रियसभा अन्र्तगतको विधायन व्यवस्थापन समितिको आज बसेको बैठकले विस्तृत कार्ययोजना सहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिदै हरेक परिवारको एकजनाको कोभिड–१९ परीक्षण गर्न भनेको छ ।

समितिका सभापति परशुराम मेघी गुरुङले सरकारले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि अहं भूमिका निर्वाह गरेको र अब थप जोखिम बढ्न नदिनका लागि प्रत्येक परिवारका एकजनामा परीक्षण गर्नुपर्ने आवश्यकता औल्याउँदै यस्तो निर्देशन दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

यसैवीच समितिको आजको बैठकमा उपस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले वैशाख २५ पछि लकडाउन केही खुकुलो हुने संकेत गर्दै समितिको निर्देशन अनुरुप कार्य सम्पादन हुने बताउनु भएको छ ।

त्यस्तै बैठकमा मन्त्री ढकालले जारी लकडाउन लाइ दैनिक जीवनयापन सहज हुनेगरी संक्रमण प्रभावित क्षेत्रको वर्गिकृत गर्दै खुकुलो गर्ने सरकारको तयारी रहेको संकेत गर्नुभएको बताईएको छ । सबै क्षेत्रबाट जारी लकडाउनको स्वरुपलाइ नयाँ प्रारुपमा कार्यान्वयन गनुपर्ने सवालमा प्राप्त सुझाव अनुरुप सरकारले नया योजना कार्यानवयन गर्न लागेको जनाउ दिनु भएको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।