शनिबार, बैशाख ८, २०८१

संक्रमणबाट सुत्केरीको मृत्युले प्रम ओली दुःखी, मानवीय क्षति रोक्न जारी प्रयासलाई थप सशक्त बनाउने अठोट

काठमाडौं जेठ ४,  प्रधानमन्त्री केपी ओलीले सिन्धुपाल्चोककी सुत्केरीको मृत्युले दुःखी तुल्याएको जनाएका छन् । प्रम ओलीले आज ट्वीट गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकाकुल परिवराजनमा समवेदना प्रकट गरेका हुन् ।

त्यस्ते आफ्नो ट्वीटमा प्रम ओलीले कोभिड संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बावजुद सिन्धुपाल्चोक निवासी सुत्केरी महिलाको मृत्युको खबरले मलाई अत्यन्त दुःखी तुल्याएको उल्लेख गर्नुभएको छ ।

साथैमहामारीबाट अरू मानवीय क्षति रोक्न सरकारले जारी प्रयासलाई थप सशक्त बनाउने अठोट समेत गर्नुभएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।