शुक्रबार, बैशाख ७, २०८१

शिक्षण अस्पतालमा विरामी भेटन आएको गएका व्यक्तिमा कन्टयाक ट्रेसिङका क्रममा संक्रमण भेटियो

काठमाडौं जेठ ३ राजधानीस्थित शिक्षण अस्पताल महाराजगञ्जमा भेटिएको कपिलवस्तुकी छ वर्षीया बालिकालाइ उपचारका क्रममा भेट्न पुगेका दाङका ४६ वर्षीय व्यक्तिमा समेत कोसभड संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ ।

छ वर्षीया बालिकालाइ भेटन आएको व्यक्तिको कन्टयाक ट्रेसिङका क्रममा ती व्यक्तिमा संक्रमण भेटिएको हो ।

त्यस्तै संक्रमितलाई आईसोलेसनमा राखेर उपचार शुरु गरिएको छ । अस्पतालबाटै संक्रमण सर्‍यो कि अन्यत्रबाट भनेर कन्ट्याक्ट ट्रेसिङ समेत शुरु गर्न लागिएको अस्पतालले जनाउदै शुक्रवार अस्पतालले बालिकाको उपचारमा संलग्न डाक्टर, नर्स, ल्याबका कर्मचारीमा गरिएको परीक्षणमा ७८ मध्ये ४९ जनाको रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।