शुक्रबार, बैशाख ७, २०८१

शहरको सौन्दर्यलाइ जिवन्त बनाउदै महानगर

  • अनुप प्रधान

काठमाडौं बैशाख ३०,  प्राय जुनकसुकै किसिमको आन्दोलनको पर्याय बनेको माइतीघर मण्डला र आसपासका क्षेत्रमा मंगलबार देखिएको महानगर अन्र्तगतका नगर प्रहरीको भिडभाडले सवैको ध्यानाकर्षण् कुनै आन्दोलनको उद्घोषलाइ प्रतिम्वित गर्दै एकहुल फोटो पत्रकार आनिदै माइतीघर मण्डला पुग्दा नगर प्रहरीको भिडभाड त थियो तर त्यो भिड आन्दोलनका लागि नभई सडकको दायाँ–बायाँ किनारा र बीचका बढेका बोटबिरुवाको हाँगा छाँटकाट गर्ने र झार उखेलेर सडकलाई चिटिक्क बनाउने अभियानको भिड थियो ।

हो कोभिड संक्रमणको उच्च् जोखिम संगै जारी लकडाउनको आज ५० औं  दिन महानगर क्षेत्र भित्रमा संक्रमण फैलिन नदिन सार्वजनिक स्थानहरुमा किटनाशक औषधि छर्किने, सडक पानीले पखाल्ने, बु्रमरले सडक सफा गर्ने जस्ता कार्य गर्दै आएको छ ।

यहि अभियानको पछिल्लो श्रेखला अनुरुप काठमाडौँ महानगरका नगरप्रहरीले जारी लकडाउनसँगै सडक किनारा र बीचका बोटबिरुवाको हाँगा बढेर सडकको सौन्दर्य विगारेपछि हाँगा छाँटकाट गर्ने, झार उखेल्ने, जस्ता कामको थालनी गरेको नगर प्रहरी प्रमुख धनपति सापकोटाले बताए । नगर प्रहरी प्रमुख सापकोटाका अनुसार ‘पहिलो चरणमा अरनीको राजमार्ग अन्तरगत माइतीघर मण्डलादेखि तीनकुनेसम्मको क्षेत्रमा पर्ने सडकको दायाँ–बायाँ किनारा र बीचमा बढेका बोटबिरुवाको हाँगा छाँटकाट गर्ने, झार उखेल्ने र आइल्याण्डमा सफा गर्ने सडकको सौन्दर्यलाइ कायम राख्ने योजना कार्यान्वयन गरेको बताए ।

त्यस्तै यस अघि सहरलाई नै कुरुप बनाउने गरी जथाभारी रुपमा राखिएका १३ हजार भन्दा बढी साना बोर्ड ४४ वटा ठूला होर्डिङबोर्ड हटाइसकेको  समेत बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु