शुक्रबार, चैत्र १६, २०८०

वीरगञ्जमा थप १७ जनामा कोरोना संक्रमित भेटिएसंगै संक्रमितको सख्या ९९ पुग्यो

काठमाडौं बैशाख  २४,  स्वास्थ्य मन्त्रालयकाको आजको मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले पर्साको वीरगञ्जका थप १७ जनामा कोरोना संक्रमित भेटिएसंगै  नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको जानकारी दिनु भएको छ । साथै संक्रमितमा   ७जना पुरुष ७ जना १० महिला रहेको  र  यसअघि संक्रमित भेटिएकै स्थानमा कन्ट्रयाक ट्रेसिङ गर्ने क्रममा थप संक्रमित भेटिएको जानकारी दिनु भएको  छ ।]

त्यस्तै उहाँले कोभिड २ महिनादेखि ६६ वर्षका व्यक्ति रहेका जानकारी दिदै अहिलेसम्म ७१ पुरुष र २८ महिला संक्रमित भएको बताउनुभयो ।त्यस्तै यसअघि उपचार पछि निको हुँदै घर फर्केका २२ जना संक्रमितमध्ये ३ जनाको पुनः परीक्षणमा पोजिटिभ देखिएपछि अस्पतालमा भर्ना गरिएको बतानुभयो ।

साथै उहाँले परीक्षणको पछिल्लो आकंडा अनुसार ‘पीसीआर’ विधिबाट १४ हजार ९६ र ‘आरडीटी’ विधिबाट ५२ हजार ९७० ओटा परीक्षण गरिएको र गत २४ घन्टामा भने ९९१ ओटामात्र परीक्षण भएको जानकारीदिनु भएको छ ।

साथै संक्रमितको संया बढेसंगै केही दिनमै तीव्ररुपमा परीक्षण गर्ने सरकारको तयारी रहेको बताउदै देशभर १९ हजार ७३४ जना ‘क्वारेन्टाइन’मा रहेको र यसमध्ये सबैभन्दा बढी प्रदेश नम्बर–५ मा ७ हजार ८८४ जना क्वारेन्टाइनमा रहेको र १३६ जना ‘आइसोलेसन’मा रहेको उसमध्ये उपत्यका ७ जना र १२९ जना उपत्यका  वाहिर रहेको बताउनुभयो ।

Novel Coronavirus (COVID-19) Media Briefing 2077.01.24

Novel Coronavirus (COVID-19) Media Briefing 2077.01.24#COVID-19

Gepostet von Ministry of Health and Population-Nepal am Mittwoch, 6. Mai 2020

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।