बिहिबार, बैशाख १३, २०८१

विहिवार अपरान्ह ४ बजे आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत हुने

[फाइल फोटो]

काठमाडौ जेठ १४,  सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आसन्न आर्थिक वर्ष २०७७÷७८ को राजश्व र आयको विवरण अर्थात जन वोलीको भाषामा भनिने बजेट भाषण बिहीबार अपराह्न ४ बजे प्रस्तुत हुने भएको छ ।

मुलुकको संविधानत व्यवस्था अनुरुप प्रत्येक वर्षके जेठ १५ गते सरकारले संसद्मा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था गरिएसंगै विहिवार वजेट प्रस्तुत गरिन लागेको संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठकका लागि दिउँसो ३ ४५ बजेअगावै उपस्थित भइसक्न सबै सदस्यलाई आग्रह गर्नुभएको सचिवालयले जनाएको छ । त्यस्तै सचिवालयले बजेट भाषण पछि बिहीबार साँझ ६ः०० बजे प्रतिनिधिसभाको अर्काे बैठक बस्ने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।