काठमाडौं बैशाख २१, विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासंघले आज विशेष डिजिटल संवाद कार्यक्रम आयोजना गरेको छ ।कार्यक्रका प्रमुख अतिथि एंव राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा महासंघद्वारा प्रकाशित प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा सम्बन्धी बार्षिक प्रतिवेदन तथा अन्तर्राष्ट्रिय पत्रकार महासंघले प्रकाशन गरेको दक्षिण एसिया प्रेस स्वतन्त्रता प्रतिवेदन सार्वजनिक गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले कार्यकारिणीका नजरमा सञ्चारमाध्यमलाई बाधकका रुपमा हेर्ने गरिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । “पत्रकारको मुख थुन्न सकिएला, आँखामा पट्टिबाध्न सकिएला तर मस्तिस्कलाई थुन्न सकिदैन,” शर्माले भन्नुभयो । उहाँले पत्रकारको पेशागत सुरक्षामा सुधार हुनुपर्नेमा त्यसो हुन नसकेको समेत बताउनुभयो । उहाँले लोकतन्त्रप्रति प्रतिप्रतिवद्ध सरकार प्रेससंग सहिष्णु हुननसकेको बताउनुभयो । उहाँले सञ्चारमाध्यमलाई टेवा दिनुपर्नेमा सरकारको नियत त्यस्तो नदेखिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
त्यस्तै उहाँले जनताको मौलिक हक जोडिएका मुद्दालाई मिडियामा स्थानदिनुपर्नेमा राजनीतिक मुद्दालाई बढि प्राथमिकता दिएको बताउनुभयो ।
महासंघका अध्यक्ष गोविन्द आचार्यले हाल नेपालको पत्रकारिता क्षेत्रमा नितिगत असुरक्षा बढ्दै गएको बताउनुभयो । उहाँले लोकतन्त्र पश्चात पनि प्रेस स्वतन्त्रताका लागि लड्नुपर्ने विड्म्बना रहेको बताउनुभयो । उहाँले हाल महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसका कारण अझ पत्रकारको पेशागत तथा भौतिक सुरक्षामा चुनौैती थपिएको पनि बताउनुभयो ।
नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहालले विश्व प्रेस स्वतन्त्रता दिवस पूर्वज तथा अग्रज पत्रकारको योगदालाई सम्झिने दिनका रुपमा रहेको बताउनुभयो । उहाँले पत्रकारको पेशागत चुनौति र सरकारी ज्यादती बढेको भन्दै त्यसको निराकरणमा महासंघ र सञ्चारकर्मी केन्द्रीत हुनुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै महासंका पूर्व अध्यक्ष शिव गाँउलेले नेपाली पत्रकारिता क्षेत्रमा कानूनी बन्देज र प्रेसप्रतिको असहिष्णु गरी दुई खाले चुनौति थपिएको बताउनुभयो । त्यसका लागि सबै एकजुट भई लड्नुपर्ने धारणा राख्नुभयो ।
पत्रकार सुरक्षा सम्बन्धी बार्षिक प्रतिवेदनको लागि यहाँ क्लिक गर्नुहोला
नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलले पत्रकारिता मार्फत भएका अभिव्यक्तिलाई सरकारले नस्वीकार्ने प्रवृत्ति बड्दै गएको बताउनुभयो । उहाँले पत्रकारितामा बहुलबादलाई स्थान दिँदै प्रेसलाई लाञ्छनाबाट मुक्त गर्नुपर्ने बताउनुभयो । महासंघका महासचिव रमेश विष्टले महासंघले सार्वजनिक गरको प्रतिवेदनले पत्रकारिता क्षेत्रको सुरक्षामा सन्तोषको अवस्था नदेखिएको बताउनुभयो । उहाँले कोरोना भाइरसबाट अति प्रभावित क्षेत्र उदयपुरको भुल्केमा पत्रकारहरु साधारण मास्कको भरमा रिपोटिङ्ग गरिरहेको भन्दै पत्रकारको सुरक्षामा विशेष ध्यान दिन सरकारसंग माग गर्नुभयो । संवाद कार्यक्रमको सहजीकरण महासंघका सचिव प्रकाश थापाले गर्नुभएको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- विभागले स्पटमानै औषधिको प्रभावकारिता परीक्षण गर्ने
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- कतारका राजा थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता सम्पन्न
- नेपाललाई मेडिकल शिक्षाको हबका रूपमा विकास गर्ने सरकारको तयारी: प्रधानमन्त्री
- आज राति १२ बजेदेखि उपनिर्वाचनको मौन अवधि प्रारम्भ
- कतारी राजा थानी र प्रधानमन्त्री प्रचण्डवीच आज द्विपक्षीय वार्ता हुँदै
- गण्डकी प्रदेश सरकार गठन प्रकरणको रिटमाथि आज पनि सुनवाइ हुँदैं
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान