शुक्रबार, चैत्र १६, २०८०

लकडाउन प्रताडित मजदुर तथा बिपन्न बर्गलाइ रोटरी गोँगवुको राहत

काठमाडौं बैशाख २१,  रोटरी क्लब अफ गोँगवुले दैनिक ज्यालादारी गरी जिबिकोपार्जन गर्ने मजदुर तथा बिपन्न बर्गको समस्यालाइ दृष्टिगत गर्दै खाध्यान्न लगायतको राहत सामाग्री वितरण गरेको छ ।

राहत वितरणको क्रममा क्लवले कोभिड -१९ संक्रमणको जोखिमका कारण मुलुकमा लक डाउनको समयसिमा बढ्दै गर्दा गरि खाने मजदुर तथा बिपन्न बर्गको समस्या दिनानुदिन चुलिदै गरेको समस्यालाइ केहि हदसम्म भएपनि सहयोग गर्ने क्लवको संस्थागत दायित्व अनुरुप टोखा नगरपालिका, वडा नं ६, तार्केश्वर नगरपालिका वडा नं२,४,५ र ६ साथै काठमाडौं महानगरपालिका वडा नं १० मा बसोबास गर्ने लकडाउन प्रताडित करीब ९५ परिवारलाई खाध्यान्न संगै हात धुने साबन वितरण गरिएको क्वलका अध्यक्ष महेश बस्नेतले बताए । साथै उहाँले यस्तो विषम अवस्थमा पनि पबित्र सामाजिक कार्यमा मनै देखि सहयोग गर्नु हुने कल्बका सम्पूर्ण रोटेरीयन र सहयोगीमा धन्यबाद समेत ज्ञापन गरेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।