बुधबार, बैशाख १२, २०८१

लकडाउनको स्वरुप परिवर्तन भए जेठ अन्तिमबाट एसईई

काठमाडौं वैशाख १९ ,  राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले लकडाउनको स्वरुप परिवर्तन भए आगामी जेठ अन्तिमबाट एसईई गर्ने गरी सरकारलाई सुझाव दिएको छ ।

त्यस्तै कार्यदलले २५ वैशाखभित्र कक्षा एकदेखि ९ को नतिजा प्रकाशन गर्ने, २५ वैशाखपछि सामाजिक दूरी कायम गर्दै भिडभाड नहुने गरी भौतिक दूरी कायम गर्ने गरी भर्ना प्रकिया अगाडि बढाउन सुझावसहितको प्रतिवेदन शिक्षामन्त्रीलाई बुझाइएको खवर आजको राजधानी दैनिकमा समाचार प्रकाशित रहेको छ ।

त्यस्तै कार्यदलले प्रतिवेदन मार्फत एसईई र कक्षा १२ को परीक्षा एउटै समय दुई सिफ्टमा गर्न पनि सिफारिस समेत गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।