शनिबार, बैशाख ८, २०८१

लकडाउनको विषयमा निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै

नेपालमा हालसम्म ८२ जना कोभिड संक्रमित  मध्ये  २२  जना उपचारपछि  डिस्चार्ज 

काठमाडौं बैशाख २४,  कोभिड संक्रमणको जोखिम रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउनको आज ४४ औं दिन पुगेको छ । पछिल्लो पटक थप गरिएको लकडाउनको सिमा विहिवार मध्यरातबाट जारी लकडाउनको समयसिमा सकिनुपूर्व जारी लकडाउनको विषयमा थप निर्णय गर्ने मन्त्रिपरिषद् बैठक बस्दैछ ।

आजको मन्त्रिपरिषद् बैठकले मंगलवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कोभिड संक्रमण रोकथाम उच्चस्तरिय समन्वय समितिको बैठकले    लकडाउन सातदेखि दश दिन थप्न सरकारलाई सिफारिस गरेको छ ।

संक्रमितको संख्या बढ्ने दर, परीक्षणको दायरा र सीमाका जिल्लाको जोखिमका कारण अहिले नै लकडाउन खुकुलो पार्न नहुने प्रतिवेदन ‘क्राइसिस म्यानेजमेन्ट सेन्टर’ र स्वास्थ्य मन्त्रालयले सरकारलाई बुझाइसकेका छन् । त्यसैले सरकारले लकडाउन खुकुलो पार्नेभन्दा पनि यथास्थितीमै थप्ने   प्रवल संभावना रहेको बुझिएको छ । विश्व महामारीका रूपमा फैलिएको कोरोनाबाट नेपालमा हालसम्म ८२ जना संक्रमित भएका छन् । २२  जना उपचार पछि निको भइसकेका  छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।