शुक्रबार, चैत्र १६, २०८०

लकडाउनको नयाँ मोडालिटी केन्द्रीत छलफलको लागि उच्चस्तरीय समितिको बैठक बस्दै

काठमाडौं बैशाख २२, कोभिड १८ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक आज सिंहदरबारमा बस्ने भएको छ । कोभिड संक्रमको उच्च जोखिम रोकथामका लागि मुलुकमा जारी पछिल्लो चरणमा थप गरिएको समय सिमा अन्र्तगत लकडाउनको आज ४२औं दिन पुगेको छ ।

आज बस्ने बैठकले गत चैत ११ बाट बैशाख २५ गतेसम्मका लागि भोषित लकडाउनको समय थप गर्दा अपनाइनुपर्ने मोडालिटीको विषयमा नितिगत निर्णय सहित सरकालाइ सिफारिस गर्ने तयारी सहितको कार्यसूचीमा छलफल हुने बताईएको छ ।

यसवीचमा ४२ दिनदेखि जारी रहेको लकडाउनलाइ थप दुइसाता जारी राख्दै भारतसँग सीमा जोडिएका जिल्ला वाहेका अन्य जिल्लामा नयाँ मोडालिटीको लकडाउन कार्यान्वयन गर्ने र भारतसँग सीमा जोडिएका जिल्लामा भने थप कडाइ गर्ने योजना सरकारले कार्यान्वयन गर्ने प्रवल संभावना रहेको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।