बिहिबार, चैत्र १५, २०८०

रोल्पाको त्रिवेणी गाउँपालिकामा भएको बम बिस्फोट घटनाको अनुसन्धान गर्न काँग्रेसको माग

काठमाडौ बैशाख १९ , नेपाली काँग्रेसले रोल्पाको त्रिवेणी गाउँपालिकामा बेवारिसे अवस्थामा रहेको बम बिस्फोटमा परी ४ अबोध बालबालिकाको मृत्यु भएको घटनाको अनुसन्धान गर्न सरकारसँग माग गरेको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत उक्त घटनाले आफ्नो पार्टीसँगै सिङ्गो देश मर्माहत भएको उल्लेख गर्दै त्यस्ता बेवारिसे अवस्थाका बमलाई खोज अनुसन्धान गरेर निष्क्रिय पारी नागरिक जीवनलाई सुरक्षित गर्ने कर्तव्यमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

त्यस्तै विज्ञप्तिमा द्वन्द्वको दशकले छाडेका चोटहरू खाटा बस्न एकातर्फ अझै बाँकी छ, तर अर्कातर्फ यस्तो घटना हुनु अत्यन्तै दुःखद भएको उल्लेख गर्दै काँग्रेसले बिस्फोटमा जीवन गुमाउने बालबालिकाप्रति श्रद्धाञ्जलि सहित कारुणिक पीडाको घडीमा सम्बन्धित परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

स्मरण रहोस, रोल्पाको त्रिवेणी गाउँपालिकामा बिहीबार बम बिस्फोटमा परी ११ वर्षीया विमला खत्री, ५ वर्षीय विजय खत्री, १३ वर्षीय गौरव नेपाली र १४ वर्षीय नोखीराम डाँगीको मृत्यु भएको थियो ।

यसैवीच रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी ८३ वर्षीया रानुदेवी अधिकारीको विहिवार बेलुका मेडिकेयर अस्पतालमा उपचारका क्रममा भएको निधनप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँको आत्माको चीर शान्तिको कामनाका साथ सम्पूर्ण शोक सन्तप्त परिवारजनमा मेरो व्यक्तिगत र पार्टीको तर्फबाट हार्दिक समवेदना प्रकट गरेको छ ।

त्यस्तै प्रतिवन्धित कालदेखि नेपाली कांग्रेसमा अनवरत सक्रिय रहदै २०४९ र २०५४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट काठमाडौँं महानगरपालिकाको वडा नं। ३१ को वडा अध्यक्ष पदमा निर्वाचित गणेशबहादुर खड्गीको विहिवार भएके निधन प्रति कांग्रेसले गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।