बिहिबार, चैत्र १५, २०८०

रुकुम घटनाको छानविनका लागि आयोगको टोली घटनास्थलतर्फ

काठमाडौं जेड १८, अन्र्तजातिय विवाह प्रकरण अन्र्तगत गत जेठ १० गते रुकुम पश्चिममा  ५ जनाको  विभत्स मृत्यु र एकजना वेपत्ता भएको घटनाको   अनुसन्धानका लागि मानवअधिकार आयोगको टोली घटनास्थलतर्फ गएको छ । आयोगका उपनिर्देशक चन्द्रकान्त चापागाईं नेतृत्वको आयोगको टोली आज त्यसतर्फ प्रस्थान गरेको आयोगद्दारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा आयोगको अधिकारकर्मीको टोलीलाइ ले जातीय विभेदसँग सम्बन्धित उक्त अमानवीय तथा आपराधिक घटनालाई कुनै पनि पक्षले तरङ्गित र अतिरञ्जित बनाउने कार्य नगर्न तथा घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीहरुलाई कानुन बमोजिम कारवाही गर्ने प्रक्रियामा आवश्यक सबै प्रकारको सहयोग पु¥याउन जनप्रतिनिधिहरु, राजनीतिक दल, मानव अधिकारकर्मी, नागरिक समाज र स्थानीय बासिन्दा समेतलाई आग्रह गरेको छ । गाउँमा नै पुगेर अध्ययन गरेर प्रतिवेदन सार्वजनिक गर्ने कायादेश रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 यसअघि आयोग, नेपाल बार एशोसिएसन, नेपाल पत्रकार महासङ्घ र गैरसरकारी संस्था महासङ्घ नेपालको सहकार्यमा गठित जिल्लास्तरीय मानव अधिकार अवस्था अनुगमन समितिले यसअघि उक्त घटनाको सम्बन्धमा प्रारम्भिक अनुगमन गरेको थियो ।  जेठ १० गते जाजरकोटको भेरी नगरपालिकाबाट नवराज विकसहित युवाहरुको समूह नवराजकी प्रेमिका भनिएकी एक मल्ल थरकी युवतीलाई ल्याउन भन्दै चौरजहारीको सोती गाउँ पुगेका थिए । सोही बेलामा गाउँमा झडप भएको र भागाभागको क्रममा ६ जनाको मृत्यु भएको थियो

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।